नाइमा २०२५ मा लक्ष्मी ग्रुपले फर्थिइ इभी सार्वजनिक गर्दै

नाइमा २०२५ मा लक्ष्मी ग्रुपले फर्थिइ इभी सार्वजनिक गर्दै

काठमाडौं : लक्ष्मी ई-मोबिलिटीले चीनको उदाउँदो इलेक्ट्रिक गाडी ब्रान्ड फर्थिङलाई नेपाली बजारमा ल्याउने भएको छ।

कम्पनीले फर्थिङको पहिलो मोडल सटउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता संघको राष्ट्रिय अटो प्रदर्शनी नाइमा २०२५ मा सार्वजनिक गर्न लागेको हो।

फर्थिङमा ६४.४ kWh ब्याट्री, ९९ KVV मोटर पावर रहेको कम्पनीले जनाएको छ।  यो SUV ले ४ सय किलोमिटर भन्दा बढीको दूरी तय गर्न सक्ने र शहर भित्रको यात्रादेखि लामो दूरीका लागि समेत उपयुक्त विकल्प बन्ने कम्पनीको दाबी छ।

लक्ष्मी ग्रुपले यस अगाडि हुन्डाई, बिएमडब्लु लगायतका विख्यात ब्रान्ड नेपालमा भित्र्याएर मालवाहक गाडी तथा अटो पार्ट्स समेत वितरण गर्दै आएको छ। 

सन् २०२४ को मे महिनामा, लक्ष्मी ग्रुपले नेपालकै पहिलो फोर-वीलर गाडी एसेंब्ली प्लान्ट रामग्राम, परासीमा सञ्चालनमा ल्याएको थियो। सो एसेब्ली हुन्डाइका लागि बनाइएको हो।

साउन १०, २०८२ शनिबार १५:५०:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।