काठमाडौंमा बस्ने एक लाख युवाहरूले घरमै बसेर महिनाको २ लाख कमाउँछन् : शिक्षामन्त्री*

काठमाडौंमा बस्ने एक लाख युवाहरूले घरमै बसेर महिनाको २ लाख कमाउँछन् : शिक्षामन्त्री*

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले काठमाडौंमा बस्ने  ८० हजार देखि एक लाख युवाहरूले बिना जागिर घरबाटै महिनाको २ लाख भन्दा धेरै कमाउने गरेको दाबी गरेका छन्।

 शनिबार काठमाडौंमा आयोजित एमाले काठमाडौं महानगरपालिका १५ वडा कमिटीद्वारा  एसईई सम्मान बधाई तथा शुभकामना दिँदै मन्त्री पन्तले अहिलेका युवाहरूले घरमै बसेर  विदेशका विभिन्न कम्पनीबाट काम लिई ल्यापटपबाट काम गरि पठाउँदा नेपालमा वार्षिक १ खर्ब रुपैयाँ आम्दानी भएको बताए।

 उनले यस्ता कामलाई अझै बढी जोड दिए वार्षिक ८ लाख  भन्दा बढी कमाउने बताए। हिजोको दिनमा जस्तो  डाक्टर इन्जिनियर नै बन्नुपर्छ भन्ने नभई नयाँ नयाँ रोजगारीको क्षेत्र आएको छ त्यसैलाई सदुपयोग गर्न सक्यो भने पैसा कमाउन सकिने उनले बताए। उनले आमा बुबाले पनि छोरा छोरीको रुचि के छ भन्नु भन्दा पनि मार्गनिर्देशन दिएर अगाडि बढ्न दिनुपर्ने बताए।

 *‘अहिले काठमाडौंमा ८० हजार देखि एक लाख युवाहरू जसले जागिर खाँदैनन् तर पनि उनीहरूले घर बसिबसि २ लाख भन्दा धेरै कमाउने गरेका छन्। त्यसको कारण भनेको विदेशका विभिन्न कम्पनीबाट काम लिएर ल्यापटपबाट काम गरि पठाउने गरेका छन्। यस्तो जागिरबाट नेपालमा वार्षिक १ खर्ब रुपैयाँ आइरहेको छ,’ उनले भने, ‘यसलाई विकास गर्न सक्यो भने ८ खर्ब सम्म ल्याउन सक्छौँ। त्यसैले तपाईं हामी ले सोचेको भन्दा नयाँ खालको काम गर्नुपर्छ। हामी हिजोको जस्तो दिनमा छैनम्। डाक्टर इन्जिनियर नै बन्न पर्छ भन्ने छैन नयाँ नयाँ रोजगारीको क्षेत्र आएको छ त्यसलाई सदुपयोग गर्न पर्छ, अनि पैसा कमाउन सकिन्छ। आमा बुबाले पनि छोरा छोरीको रुचि के छ त्यही बन्न दिने हो मार्गनिर्देशन दिने हो यही बन्न पर्छ भनेर दबाब दिने होइन।’

-नेपाल न्युज बैंक

* नेपाल न्युज बैंकबाट सम्प्रेषित समाचारमा  शिक्षामन्त्री पन्तले  सार्वजनिक कार्यक्रममा '८० प्रतिशत युवाहरूले  घरमै बसेर महिनाको २ लाख कमाउँछन्' भनेको भन्दै सम्प्रेषित समाचार मन्त्री पन्तले बोलेको भन्दा अन्यथा रहेको  पुष्टि भएकाले क्षमा याचनासहित समाचार सच्याइएको छ -सम्पादक।

साउन १०, २०८२ शनिबार १२:३८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।