बागमती प्रदेश कांग्रेसमा किचलो, चार मन्त्रीले दिए राजीनामा

हेटौँडा : बागमती प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्रीले राजीनामा दिएका छन्। पार्टी भित्रको आन्तरिक विवादका कारण उनीहरूले शुक्रवार राजीनामा दिएका हुन्।
शुक्रवार युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिए। अर्थमन्त्री कुन्दन काफ्लेले भने राजीनामा दिएका छैनन्।
कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाको कार्यशैलीबारे काङ्ग्रेसभित्र विवाद छ। उनी विरुद्ध अविश्वासको प्रस्तावको तयारी समेत भएको छ।
साउन ९, २०८२ शुक्रबार १५:४०:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।