सुख्खाग्रस्त क्षेत्र हेर्न हेलिकप्टर चढेर तराई पुगे प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सुख्खाग्रस्त क्षेत्रको अवलोकन गर्न तराई पुगेका छन्।
उनले सामाजिक सञ्जालमा हेलिकप्टरबाट सुख्खाग्रस्त क्षेत्रको अवलोकन गरिरहेको तस्विर राख्दै केहीबेरमा त्यस क्षेत्रमा किसानसँग भेट्ने समेत जानकारी दिएका छन्।
साथै प्रधानमन्त्री ओलीले किसानहरूको राहतका लागि सरकारले केही दिन अघि नै विशेष निर्णय गरिसकेको बताएका छन्। यही साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि मधेस–प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो।
वर्षाका समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री र प्रदेश सरकारसँग छलफल गरेका थिए।
प्रधानमन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी हुँदैछन्। तराई मधेशमा वर्षा नहुँदा साउनको पहिलो सातासम्म समेत धान रोपाइँ हुन सकेको छैन।
साउन ९, २०८२ शुक्रबार १२:५५:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।