सुनको मूल्य ५ सयले घट्दा चाँदीको बढ्यो

काठमाडौं : शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो।
बिहीबार १ लाख ९५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको सुन आज प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भैइरहेको छ।
यसैगरी आज सुनको मूल्य घटे पनि चाँदीको भाउ भने बढेको छ। आज चाँदी प्रतितोला २ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार एक तोला चाँदीको मूल्य २ हजार ३३५ रूपैयाँ पुगेको थियो।
साउन ९, २०८२ शुक्रबार ११:३७:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।