देउवाले बुढानीलकण्ठमा बोलाए पदाधिकारी बैठक

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार पदाधिकारी बैठक बोलाएका छन्।
बैठक बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्दैछ। पदाधिकारी बैठकमा कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरू पनि सामेल हुनेछन्। सरकारप्रति कांग्रेसभित्रै चर्को असन्तुष्टि बढीरहेका बेला देउवाले मन्त्रीसहित पदाधिकारी बैठक राखेका हुन्।
बैठकमा पार्टीभित्रको आन्तरिक गतिविधि, एमालेसँगको सहकार्य र पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको समीक्षालगायत विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ।
साउन ९, २०८२ शुक्रबार ०९:०५:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।