एमालेले राजनीतिको ढोका बन्द गरिदिएपछि पत्रकार सम्मेलन गर्दै विद्या भण्डारी

एमालेले राजनीतिको ढोका बन्द गरिदिएपछि पत्रकार सम्मेलन गर्दै विद्या भण्डारी

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पहिलोपटक पत्रकार सम्मेलन गर्दैछिन्।

उनले बानेश्वर स्थित कार्की बैंकेटमा आज दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन्।

सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेको छ। त्यसपछि खास टिप्पणी नगरेकी भण्डारीले शुक्रबार गर्ने सम्मेलनलाई अर्थपूर्ण रुपमा लिइएको छ।

गत मंगलबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले उनलाई पार्टी राजनीतिमा रोक लगाउने निर्णय गरेको थियो।
 

साउन ९, २०८२ शुक्रबार ०८:५४:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।