हैट ! यी उही नाजिरै हुन् त !
काठमाडौं : चरित्रमा रमाउने अभिनेता नाजिर हुसेनको सबै प्रयास सफल भएका छैनन्। तर उनले हार मानिसकेका छैनन्। आफूलाई सहज हुने कम्फर्ट जोनमा रमाउनु भन्दा चुनौती स्वीकार गर्नु एक असल कलाकारको गुण नै हो। त्यही गुणले हुनसक्छ नाजिर चुनौतीसँग डराएका छैनन्।
त्यही पुन पुष्टि गर्छ फिल्म 'गुन्यू चोलो'मा उनले निभाएको चरित्रले। फिल्मको प्रचार सामाग्री धेरै अगाडिबाट आएका हुन्। फिल्मको टिजर पनि आइसकेको छ नै। तर जब फिल्मको गीत म फूल हुँ की काँडा बोलको गीतमा उनको चरित्र देखिए छक्कै पारे।
मेकअप आर्टिस्टको कमाल,कहिँकतै पनि गीतमा नाच्ने नर्तकी उनै नाजिर हुन् भन्ने हल्का सङ्केतसम्म पनि देखिन्न। फिल्म अगस्त्यमा त्यो बलिष्ठ शरीर भएका नाजिर यसमा निकै कोमल पात्र देखिन्छन्। उनको कम्मर मर्काई अनि नखरा कतै पनि बिझाउँदैन पात्रको चरित्रमा। यो नै सबैभन्दा गजब पक्ष हो गीतको।
गीतमा नाजिरको अभिनय जति शक्तिशाली देखिएको छ फिल्ममा उनको चरित्र र अभिनय अनि कथ्य संरचना पनि यत्तिकै बलियो हुने हो भने फिल्मले चमत्कार गर्न बेर छैन।
उनको चरित्र हेर्दा उनले 'यो फिल्मले नाजिरको सबै परिचय बदलिदिने' जुन दाबी गरेका थिए त्यो सत्य निकट देखायो। तर रिलिज नभई यसै भन्न भने सकिन्न। फिल्म भदौ १३ मा रिलिज हुँदैछ।
साउन ८, २०८२ बिहीबार २०:३५:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।