थाइल्यान्ड र कम्बोडियाबीच तनावमा १२ जनाको मृत्यु

थाइल्यान्ड र कम्बोडियाबीच तनावमा १२ जनाको मृत्यु

एजेन्सी : थाइल्यान्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा सैन्य झडपहुँदा ११ थाई र एक सैन्य कर्मचारीको मृत्यु भएको छ। थाई स्वास्थ्यमन्त्रीले जानकारी दिए अनुसार झडपमा एक सैनिक र ११ जना सर्वसाधारणको ज्यान गएको हो।

थाइल्यान्डले आफ्ना सबै नागरिकलाई कम्बोडिया छाड्न भनेको छ।  जस कारण कम्बोडियासँगको सम्पूर्ण सीमा बन्द गरिएको छ।

यता, कम्बोडियाले भने थाइल्यान्डमाथि ‘अत्यधिक बल’ प्रयोग गरेको आरोप लगाउँदै बैंककसँगको सम्बन्धलाई कमजोर बनाएको जनाएको छ। कम्बोडियाले थाई गाउँमा रकेट प्रहार गरेको र एक अस्पतालमाथि आक्रमण गरेको आरोप लागेको छ। त्यस्तै थाइल्यान्डले कम्बोडियाली सैनिक क्षेत्रलाई निशाना बनाएर हवाई हमला गरेको जनाएको छ। 

साउन ८, २०८२ बिहीबार १९:१७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।