बिहीबारको सेयर बजारमा ३.७६ को वृद्धि, कारोबार रकम भने घट्यो

बिहीबारको सेयर बजारमा ३.७६ को वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं : बिहीबारको सेयर बजारमा नेप्से परिसूचक बढेर बन्द भएको छ। बिहीबार दिनभरको कारोबारमा नेप्से परिसूचक बिहीबार दिनभरको कारोबारमा सेयर बजार यो ३. ७६ ले बढेर २९८२.६४ मा पुगेर बन्द भएको छ।

दिनभर तीन करोड ८९ लाख ६२ हजार ५ सय ८ सेयर कारोबारहुँदा १८ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भयो। बुधबार १९ अर्ब ५७ करोडको शेयर खरिदबिक्री भएको थियो। बिहीबारको कारोबारमा एक सय २३ कम्पनीको सेयर मूल्य बढ्यो भने एक सय २७ वटाको घट्यो। 

ग्रिन भेन्चरस् लिमिटेडको १० प्रतिशत बढ्यो। अन्यमा ट्रेड टावर लिमिटेड, सान्भि इनर्जी र श्वेत गंगा हाइड्रोपावरको ९.९९ प्रतिशत बढ्यो। मञ्जुश्री फाइनान्स लिमिटेडको सबैभन्दा ४.२२ प्रतिशत सेयर मूल्य घट्यो।

महालक्ष्मी डिवेन्चर, उन्नति सहकार्य लघुवित्त, सानिमा ग्रोथ फन्ड र संवृद्धि फाइनान्सका लगानीकर्ताहरूले गुमाए। यी कम्पनीको मूल्य क्रमशः ३.९६, ३.५८,३.०९ र ३.०६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा  बिहीवार राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ७७ करोड २१ लाख रुपैयाँबराबरको सेयर कारोबार भयो। ङादी ग्रुप पावरको करिब ७२ करोड रुपैयाँको शेयर किनबेच भयो। ग्रीन भेन्चर्सको कारोबार रकम ६६ करोड नाघ्यो।

१३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढ्यो। ७ उपसमूहको परिसूचक घट्यो। बिहीवार जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २ प्रतिशत बढ्यो। विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढ्यो। बैंकिङ्ग, वित्त, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य घट्यो।

साउन ८, २०८२ बिहीबार १५:३०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।