डिशहोमको ‘खुशीको बोनस’ : हरेक हप्ता १४ जना भाग्यशाली विजेताका लागि ३६५ दिन सित्तैमा इन्टरनेट

डिशहोमको ‘खुशीको बोनस’ : हरेक हप्ता १४ जना भाग्यशाली विजेताका लागि ३६५ दिन सित्तैमा इन्टरनेट

काठमाडौं : डिशहोमले आफ्ना इन्टरनेट प्रयोगकर्ताहरूका लागि ‘खुशीको बोनस- ३६५ दिन नै बोनस!’ नामक विशेष योजना सार्वजनिक गरेको छ।

यो अफर अन्तर्गत, वार्षिक नयाँ इन्टरनेट जडान गर्ने वा वार्षिक रिचार्ज गर्ने ग्राहकहरू साप्ताहिक रूपमा हुने ‘लक्की ड्र’ मा सहभागी हुन सक्नेछन्। उक्त ड्र मार्फत हरेक हप्ता १४ जना भाग्यशाली विजेताहरू छनोट गरिनेछन्, जसमा १० जना नयाँ वार्षिक ग्राहक र ४ जना हालका रिचार्ज गर्ने ग्राहक समेटिनेछन्। विजेताले ३६५ दिनको इन्टरनेट बोनस जित्ने मौका पाउनेछन्।

डिशहोमले ग्राहकहरूसँगको सम्बन्ध अझ बलियो बनाउने र उनीहरूको निरन्तर साथप्रति कृतज्ञता व्यक्त गर्न यो योजना ल्याएको जनाएको छ। विजेताको घोषणा हरेक शुक्रबार साँझ ५ बजे डिशहोमको आधिकारिक फेसबुक पेज र रमाइलो एचडी च्यानलमार्फत गरिनेछ। कुनै कारणवश शुक्रबार घोषणा हुन नसकेमा आइतबार साँझ ५ बजे सार्वजनिक गरिनेछ।

वार्षिक इन्टरनेट जडान गर्न चाहने ग्राहकहरूले नजिकको डिशहोम डिलर वा ०१–५९७०३६५ नम्बरमा सम्पर्क गर्न सक्नेछन् भने हालका प्रयोगकर्ताहरूले खल्ती, ई–सेवा वा माई डिशहोम एपमार्फत रिचार्ज गर्न सक्नेछन्।

डिशहोमका अनुसार उपलब्ध वार्षिक इन्टरनेट प्याकेजहरूमा १०० एमबीपीएसको मूल्य रू. ८,५००, २०० एमबीपीएसको रू. ११,५०० र ३०० एमबीपीएसको मूल्य रू. १३,५५० (सबै मूल्यहरूमा भ्याट समावेश) तोकिएको छ। नयाँ जडानको लागि अतिरिक्त रू. १,१३० लाग्नेछ।

“३६५ दिन बोनस” योजनाले इन्टरनेट सेवा मात्र होइन, ग्राहक अनुभवलाई समेत समृद्ध बनाउने विश्वास डिशहोमले लिएको छ। कम्पनीले उत्कृष्ट सेवा र उचित मूल्य प्रदान गर्ने प्रतिबद्धता दोहोर्याउँदै ग्राहक-केन्द्रित योजनाको विस्तार गर्दै जाने जनाएको छ।

साउन ८, २०८२ बिहीबार १३:४१:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।