एनसेलको विद्यार्थी लक्षित प्लान ‘सधैं अन रिन्युअल’ सार्वजनिक

एनसेलको विद्यार्थी लक्षित प्लान ‘सधैं अन रिन्युअल’ सार्वजनिक

काठमाडौं : एनसेलले विद्यार्थीहरूका लागि लक्षित गर्दै ‘सधैं अन रिन्युअल’ नामक नयाँ प्लान सार्वजनिक गरेको छ।

२०८१ सालको एसईई दिएका विद्यार्थीहरूलाई मुख्य रूपमा केन्द्रित गर्दै ल्याइएको यो अफर सुलभ शुल्कमा मनोरञ्जन र दूरसञ्चार सेवाको सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले डिजाइन गरिएको कम्पनीको भनाइ छ।

‘सधैं अन रिन्युअल’ योजनाअन्तर्गत करसहित रु ३९९ वा सो भन्दा माथिका मासिक शुल्कमा अनलिमिटेड फेसबुक, टिकटक र युट्युब प्रयोग गर्न सकिनेछ। साथै, लाइन्सगेट प्लेमा निःशुल्क प्रिमियम सामग्री हेर्न पाउने सुविधा, अनलिमिटेड नाइट डेटा र अन्य विभिन्न सेवा सुविधाहरू पनि समावेश छन्।

उदाहरणस्वरूप, रु ३९९ मा उपलब्ध प्लानमा ३० दिनका लागि ३९९ मिनेटको अल नेपाल टक टाइम, ८ जीबी डेटा र ३९ वटा एसएमएस समावेश छन्। यस्तै, रु ५९९ को प्लानमा ५९९ मिनेट टक टाइम, २० जीबी डेटा र ५९ वटा एसएमएसको सुविधा पाइनेछ।

यो योजना उपयोग गर्न चाहने विद्यार्थीहरूले पासपोर्ट साइजको फोटो, विद्यार्थी परिचयपत्र र आफ्नो वा अभिभावकको नागरिकताको प्रतिलिपिसहित नजिकको एनसेल सेन्टर वा आधिकारिक बिक्रेताकोमा सम्पर्क गर्नुपर्नेछ।

एनसेलले ‘सधैं अन रिन्युअल’ योजनामार्फत विद्यार्थीहरूले आफ्नै सिमबाट डिजिटल यात्रा सुरु गर्न सक्ने, परिवार र साथीसँग सम्पर्कमा रहन सहज हुने र उनीहरूको डिजिटल अनुभवलाई अझ समृद्ध बनाउन सहयोग पुग्ने विश्वास लिएको जनाएको छ।

साउन ८, २०८२ बिहीबार ११:३६:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।