सामसुङको ग्यालेक्सी एम ३६ फाइभजी नेपाली बजारमा

सामसुङको ग्यालेक्सी एम ३६ फाइभजी नेपाली बजारमा

काठमाडौं : सामसुङले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एम३६ फाइभजी’ सार्वजनिक गर्ने तयारी गरेको छ।

ग्यालेक्सी एम सिरिजअन्तर्गत ल्याइने यो मोडेल कम्पनीका अनुसार नेपालभरका आधिकारिक रिटेल स्टोरहरूमा ‘भेल्भेट ब्ल्याक’ र ‘स्क्रिन ग्रिन’ रङमा उपलब्ध हुनेछ।

कम्पनीले ग्यालेक्सी एम ३६ फाइभजी दुई भेरियन्टमा उपलब्ध गराउने जनाएको छ। ८ जीबी र १२८ जीबी स्टोरेज क्षमता भएको फोनको मूल्य ३६ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ भने ८ जीबी र २५६ जीबी स्टोरेज क्षमता भएको भेरियन्टको मूल्य ४१ हजार ९ सय ९९ रुपैयाँ रहेको छ।

यो स्मार्टफोनमा ट्रिपल क्यामेरा सेटअप दिइएको छ, जसले स्टेबल भिडियो र कम प्रकाशमा पनि उत्कृष्ट तस्बिर खिच्न सक्ने दाबी कम्पनीले गरेको छ। साथै, अगाडि र पछाडिको दुवै क्यामेराबाट फोके भिडियो रेकर्डिङ गर्न सकिने सुविधा समेत रहेको बताइएको छ।

साउन ८, २०८२ बिहीबार ११:२३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।