अमेरिका युनेस्कोबाट बाहिरिने

काठमाडौं : संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) बाट अमेरिका बाहिरिने भएको छ।
अमेरिकाले सन् २०२६ को अन्त्यसम्ममा युनेस्को सदस्यता छाड्ने निर्णय गरिसकेको छ। अमेरिकी प्रशासनले युनेस्कोले इजरायलविरुद्ध पूर्वाग्रही व्यवहार गरेको र त्यसको गतिविधि अमेरिकी राष्ट्रिय हितसँग मेल नखाने खालको रहेको आरोप लगाएको हो।
राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वको प्रशासनले यो कदम ‘अमेरिका फर्स्ट’ नीतिअन्तर्गत उठाइएको दाबी गर्दै आएको छ।
साउन ८, २०८२ बिहीबार १०:०९:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।