१५ दिनअघि मात्र भक्तपुर सरेका थिए, डेरामै मृत भेटिए दिदीबहिनी

भ्कतपुर : भक्तपुरको बोडे सन्टीटारमा एकै कोठामा दुई किशोरी दिदीबहिनी झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
सुर्खेतको पञ्चपुरी नगरपालिका–८ घर भएका १७ वर्षीया मेनुका कडेल र उनकी १५ वर्षीया बहिनी श्रृजना कडेल आज बिहान डेरामै झुण्डिएको अवस्थामा भेटिएका हुन्।
उनीहरू दुई तले घरको भुइँतलामा चक्रधर प्रजापतिको घरमा डेरा गरेर बस्दै आएका थिए। दुवै जना १५ दिनअघि मात्रै भक्तपुर सरेका थिए। घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरेको छ।
साउन ८, २०८२ बिहीबार ०९:५५:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।