सप्तरीमा सर्पदंशबाट एक महिलाको मृत्यु

सप्तरीमा सर्पदंशबाट एक महिलाको मृत्यु
File Photo

सप्तरी : सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा आज सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ।

स्थानीय इन्द्रबहादुर राईको ५० वर्षीया श्रीमती सङ्गीता राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

तराईमा अत्यधिक गर्मीका कारण विषालु सर्पको बिगबिगी बढेको छ। 

साउन ८, २०८२ बिहीबार ०८:३०:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।