गथांमुग: चर्हे: भूतप्रेतको बिदाइ, चाडपर्वको स्वागत

गथांमुग: चर्हे: भूतप्रेतको बिदाइ, चाडपर्वको स्वागत

भक्तपुर : नेवार समुदायले मनाउने विभिन्न पर्वमध्ये श्रावण कृष्ण चतुर्दशीको गथांमुगः चर्हे: अर्थात् 'गठेमङ्गल' चाड भूतप्रेतसँग जोडिएको छ। घण्टाकर्ण चतुर्दशी समेत भनिने यो राक्षससँग जोडिएको छ।

राक्षसको आकृती बनाउने पहिलो चरण।विशेष काठमाडौं उपत्यकाका नेवार समुदायमा रोपाइँ सकिएपछि मनाइने यो पर्वले उनीहरूको अन्य चाडपर्वको स्वागत समेत गर्छ। गथांमुग: चर्हे: ले भूतप्रेत, पिशाच र नकारात्मक शक्तिहरूलाई भगाउने विश्वास गरिन्छ।

भुतको आकृती बनाउँदै भक्तपुरका एक स्थानीय।यसमा राक्षसको आकृतिका लागि हरियो नर्कट, निगालो र गहुँको छ्वालीको प्रयोग गरिन्छ।  राक्षसको आकृतिलाई दोबाटो वा चौबाटोमा उभ्याएर आकृतिलाई घिसार्दै नजिकैको खोला वा नदीमा  लगेर बगाउने गरिन्छ।

बच्चाहरूले भने बाँस र पात-पतिङ्गरले घण्टाकर्णको पुतला बनाएर बटुवाहरूसँग जगाती (दान) माग्ने समेत प्रचलन रहेको छ।

राक्षस जलाएको आगोमा बच्चा घुमाउँदा रोग निको हुने विश्वास समेत छ।उपत्यकाका किसानहरू धान रोपाइँको लागि लामो समय खेतमा खटिँदा आफ्नो घरको सफाइमा त्यति ध्यान दिन पाउँदैनन्। त्यसैले आज घर-आँगनमा जम्मा भएका सबै अपवित्र वस्तुहरू जस्तै उपियाँ, उडुसजस्ता किराहरूका साथै भूत, प्रेत, पिशाच र रोग व्याधिको प्रतीकका रूपमा गथांमुगः लाई फालेर सरसफाइ गरेर घर शुद्ध गर्ने परम्परा समेत रहेको छ।

धातुको औँठी।आजै धातुको औँठी लगाउँदा नराम्रा तत्त्वहरूबाट सुरक्षित भइन्छ भन्ने जनविश्वास समेत रहेको छ। भूतप्रेत र पिशाचहरूलाई घरमा पस्न नदिन मूल ढोकामा तीनवटा किल्ला ठोक्ने चलन समेत अझैँ प्रचलनमा रहेको छ।

आजको दिन राक्षको प्रतिकलाई चोकमा राखेर जलाउने समेत गरिन्छ।

साउन ७, २०८२ बुधबार २१:३७:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।