सप्तकोशीमा बेपत्ता बालकको खोजी जारी

सप्तकोशीमा बेपत्ता बालकको खोजी जारी
ai image

धरान : सोमबारदेखि सप्तकोशी नदीमा बेपत्ता भएका १२ वर्षीय बालक दीपेश मेहताको खोजी कार्य जारी छ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-१ निवासी मेहता बराहक्षेत्र नगरपालिका-९ राजाबासस्थित सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन्।

गत सोमबार बिहान करिब ९:४५ बजे दुई साथीसँग नदीमा गएका उनी बेपत्ता भएका थिए भने बाँकी दुई जना भने सकुशल बाहिरिएका थिए।

सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम प्राप्त टोली र नेपाल प्रहरीले संयुक्त रूपमा खोजी कार्य जारी राखेका छन्। खोजी कार्य सप्तकोशी नदीको बराहक्षेत्र-९ आसपास केन्द्रित गरिएको छ।

हालसम्म बालक फेला नपरेको प्रहरीले जनाएको छ।

साउन ७, २०८२ बुधबार १२:४९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।