सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराजआचार्य संगीत प्रतिष्ठानको सहकार्यमा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ सम्पन्न

सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराजआचार्य संगीत प्रतिष्ठानको सहकार्यमा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ सम्पन्न

काठमाडौं : सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा “भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१” प्रदान गरिएको छ।

साउन ३ गते कुपण्डोलस्थित होटल हिमालयमा आयोजित कार्यक्रममा गायनतर्फ वरिष्ठ गायिका चन्द्रकला शाह र संगीततर्फ वरिष्ठ संगीतकार शीलाबहादुर मोक्तानलाई जनही नगद १ लाख रुपैयाँसहित सम्मान गरिएको हो।

कार्यक्रममा दिवंगत कलाकार घनश्याम गौतमलाई ‘सुशिला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ पनि प्रदान गरिएको थियो। उक्त सम्मान दिवंगत गौतमकी धर्मपत्नी युगज्योति क्रियाशिलले ग्रहण गरिन्। २५ हजार रुपैयाँ राशिको यो सम्मान सांगीतिक क्षेत्रमा क्रियाशील भई स्वास्थ्योपचार गराइरहेका संगीतकर्मीलाई प्रदान गर्दै आएको प्रतिष्ठानले जनाएको छ।

सम्मान कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष सुशिला आचार्य र सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक चन्द्र टण्डनले संयुक्त रूपमा प्रदान गरेका थिए। भक्तराज आचार्य संगीत प्रतिष्ठानले नेपाली संगीत र कलाको संरक्षण र प्रवर्द्धनमा योगदान दिँदै आएको छ भने सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रतिष्ठानलाई निरन्तर साथ दिँदै आएको छ।

रेमिट्यान्स क्षेत्रमा १८ वर्षदेखि सेवा दिँदै आएको सिटी एक्सप्रेस मनि ट्रान्सफरले हालै 'सिटी पे वालेट' मार्फत अनलाइन भुक्तानी सेवा सुरु गरेको छ। यस माध्यमबाट रेमिट्यान्स रकमको भुक्तानी समेत गर्न सकिने सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

साउन ७, २०८२ बुधबार ११:१४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।