एमाले केन्द्रीय कमिटी बैठकको निर्णय : भण्डारी पूर्वराष्ट्रपति कै हैसियतमा बसुन्

काठमाडौँ : एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी राजनीतिमा नआउन आग्रह गर्ने निर्णय गरेको छ। मंगलबार सम्पन्न केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीमा नफर्कन आग्रह गर्ने केन्द्रीय कमिटीले निर्णय हो।
पार्टी अध्यक्ष केपी ओलीले दिएका सुझाव र कमिटी त्यसको जवाफको प्रतीक्षामा रहेको अवस्थामा भण्डारीले पत्रकार सम्मेलन गरेर केन्द्रीय कमिटीको बैठकलाई चुनौती दिएको भन्दै बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा नफर्कन, आफ्नो गरिमाअनुरूप पूर्वराष्ट्रपतिको हैसियतमा सल्लाहकार र अभिभावक बनेर बस्न आग्रह गर्ने बैठकले निर्णय गरेको एक केन्द्रीय सदस्यले बताए।
एमाले केन्द्रीय कमिटी बैठक चलिरहेको बेलामा भण्डारीले भंगालमा पत्रकार सम्मेलन गरेर आफू सक्रिय राजनीतिबाट नफर्कने बताएकी थिइन्।
साउन ७, २०८२ बुधबार ००:२०:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।