मङ्गलवारको सेयर बजार पनि सकारात्मक, कारोबार रकम २० अर्ब माथि

काठमाडौं : मंगलबार नेप्से नेप्से परिसूचक ८०.९७ अङ्क बढेर २९७३.७० विन्दुमा पुगेर बजार बन्द भयो।मंगलबार सेन्सेटिभ इन्डेक्स १४.४८ अङ्क बढ्यो भने फ्लोट इन्डेक्स ५.५४ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ४.६६ अङ्क बढ्यो।
नेप्सेसँगै मंगलवार कारोबार रकम पनि बढ्यो। सोमबार १६ अर्ब ३२ करोडको शेयर खरिदबिक्री भए थियो। मंगलबार ३ सय १९ स्टकको १ लाख ७७ हजार १०१ पटकको कारोबारमा २० अर्ब ८ करोड ५३ लाख ६७ हजार रुपैयाँ बराबरको ४ करोड ३५ लाख ८१ हजार कित्ता शेयर खरिदबिक्री भयो।
मङ्गलवार तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। ट्रेड टावर, शिवम् सिमेन्ट्स र सान्भि इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य करिब १० प्रतिशत बढ्यो।
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढी बढ्यो। मंगलबार मूल्य घटेका स्टकहरूको गिरावट दर ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा मङ्गलवार नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७१ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।
मंगलबार शिवम् सिमेन्ट्सको साढे ६८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम ५६ करोड नाघ्यो।
मंगलबार १३ वटै उपसमूहको परिसूचक बढ्यो। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.६३ प्रतिशत बढ्यो। जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढ्यो भने होटेल तथा पर्यटन, लगानी र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेर बजार बन्द भयो।
साउन ६, २०८२ मंगलबार १८:३९:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।