ठमेलबाट दुई किलो सुन र २४ लाख नगतसहित दुई चिनियाँ नागरिक समातिए

ठमेलबाट दुई किलो सुन र २४ लाख नगतसहित दुई चिनियाँ नागरिक समातिए
ai image

काठमाडौं : ठमेलस्थित एक होटलबाट दुई किलो सुन र नगद २४ लाख रुपैयाँसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गरेको अपरेसनमा पक्राउ पर्नेहरूमा चीनको सियाचिनकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान छन्।

कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार मंगलबार ठमेलको होटलमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

‘उनीहरूको साथबाट दुई किलो सुन र २४ लाख नगद बरामद भएको छ,’ प्रहरी उपरीक्षक आचार्यले बताए, ‘हाल उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ।’ 

साउन ६, २०८२ मंगलबार १४:२८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।