रुन पनि जान्दिन भन्नेलाई वर्षाको जवाफ- म जन्मिँदा पनि हास्दै जन्मिएको थिएँ रे

रुन पनि जान्दिन भन्नेलाई वर्षाको जवाफ- म जन्मिँदा पनि हास्दै जन्मिएको थिएँ रे

काठमाडौं : पछिल्लो समयमा अभिनेत्री वर्षा सिवाकोटी सामाजिक सञ्जालमा ‘रुन नजान्ने हिरोइन’ भन्दै ट्रोलको सिकार भइरहेकी छिन्। एक रंगकर्मीले टेलिभिजन कार्यक्रममा वर्षाले अभिनय गरेका केही फिल्मका क्लिप देखाउँदै वर्षाले रुन समेत नजान्ने टिप्पणी गरेका थिए। सोही टिप्पणी पछि अहिले यो विषय चर्चामा छ।  वर्षा आफैंले पनि त्यसबारे जवाफ दिन थालेकी छन्। 

सोमबार फिल्म ‘माग्ने राजा’को गीत सार्वजनिक कार्यक्रममा सहभागी हुन लबिम मल पुगेकी वर्षालाई सञ्चारकर्मीहरूले यहि प्रश्न सोधेका। वर्षा जी तपाईं रुन जान्नु हुन्न रे हो ? सधैंझैं हँसिली मुद्रामा देखिने वर्षा त्यो प्रश्न सुनेपछि रिसाएझैँ देखिइन्। 

जवाफ दिँदै उनले भनिन्, ‘बच्चाहरू त रुँदै जन्मन्छन् नि है, म चाहिँ हाँस्दै जन्मिएको थिएँ रे के। त्यसैले मलाई रुन आउँदैन रे, सही हो नि त! अब त उहाँलाई हरेक दिन रुने प्राक्टिस गरेर भिडियो पठाउने विचार गर्दैछु।’

वर्षा अभिनित ‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउँदैछ। त्यो फिल्ममा उनी रोएकी छन् कि हाँसेकी ?  त्यो हेर्न भने महिना दिन पर्खिनु पर्नेछ। वर्षा अभिनयमा करिब १२ वर्षदेखि सक्रिय छिन्। 

उकेराकर्मी भोला अधिकारीले केही दिन अघि वर्षाको अभिनय यात्रादेखि निजी जीवनसम्मका अनुभवहरूबारे कुराकानी गरेका थिए। हेर्नुहोस पूरा भिडियोः

 

साउन ६, २०८२ मंगलबार १४:१४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।