यस वर्षको मदन पुरस्कारका लागि उत्कृष्ट सात पुस्तकको सूची सार्वजनिक

काठमाडौँ : २०८१ सालको मदन पुरस्कारका लागि उत्कृष्ट सात पुस्तकको सूची सार्वजनिक भएको छ।
मदन पुरस्कार गुठीले मंगलबार एक विज्ञप्तामार्फत यस वर्षको प्रतिस्पर्धामा परेका पुस्तकहरू मध्येबाट सात वटा कृतिहरूको नाम सार्वजनिक गरेको हो।
छनोट सूचीमा छुदेन काविमोको उरमाल, रमेश भुसालको छालबाटो, कुमारी लामाको दर्ज्यु संलाप, मनप्रसाद सुब्बाको पञ्चतत्त्वको पालाम, श्रेयज सुवेदीको बहुरुपी, सुधीर शर्माको भिक्षु, व्यापार र विद्रोह र तीर्थ गुरुङको हिउँको गीत परेका छन्।
जारी विज्ञप्तिमा यस वर्ष पुरस्कारका लागि कुल २९९ पुस्तक प्राप्त भएको उल्लेख छ।
साउन ६, २०८२ मंगलबार १३:४४:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।