‘चेक पोइन्ट’ बाट भागेको कारलाई प्रहरीले पिछा गर्‍यो..अनि भेटियो १ सय ३३ किलो गाँजा

‘चेक पोइन्ट’ बाट भागेको कारलाई प्रहरीले पिछा गर्‍यो..अनि भेटियो १ सय ३३ किलो गाँजा

रौतहट : इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीको कमान्डमा खटिएको प्रहरी टोली मंगलबार बिहान चेकजाँचमा थियो। त्यही बेला चन्द्रनिगाहपुरबाट गौरतर्फ आइरहेको ग ३ च ६८९६ नम्बरको कार रोकेर जाँच्न खोज्दा चालकले गाडी एक्कासि तीव्र गतिमा कुदाएर भागे।
 
प्रहरीले गाडीमा गडबड छ भन्ने आशंका गर्यो। अनि गाडीको पिछा गर्यो। केही बेर पछ्याउँदै जाँदा गरुडा नगरपालिका-५ झाझ खोला नजिकैको खेतमा करिब २० फिट तल गाडिएको अवस्थामा गाडी भेटियो।
 
खेतको छेउमा घोप्टिएको कार देखेर प्रहरी झस्कियो, तर गाडीभित्रका मान्छेहरू भने उखुबारी हुँदै फरार भइसकेका थिए।

प्रहरीले तत्कालै क्रेन मगाएर गाडी बाहिर निकालियो। केहिबेरको कसरतपछि जब गाडी खोलेर हेरियो, तब फेला पर्यो ठूलो परिणामको गाँजा।

प्रहरीले काँटा प्रयोग गरेर गाँजाको तौल गर्यो। गाँजा १ सय ३३ किलो रहेको पुष्टि भयो। अहिले प्रहरी फरार गाडी चालकको खोजीमा छ।

साउन ६, २०८२ मंगलबार १३:३१:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।