१ करोड ३० लाख न्यु इनर्जी सवारीसाधन उत्पादन गरेसँगै बीवाईडीले मनायो उत्सव

१ करोड ३० लाख न्यु इनर्जी सवारीसाधन उत्पादन गरेसँगै बीवाईडीले मनायो उत्सव

काठमाडौं : बीवाईडीले १ करोड ३० लाख युनिट सवारीसाधन उत्पादन गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। 

कम्पनीले चीनको सेन्झेन-शानवेई स्पेसल अपरेसन जोन अन्तर्गतको जियाओमो उत्पादन केन्द्रमा यस उपलब्धिलाई विशेष समारोहसहित सार्वजनिक गरेको हो।

१ करोड ३० लाखौं सवारीसाधनको रूपमा याङवाङ यू७ मोडललाई सार्वजनिक गर्दै बीवाईडीले घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो बलियो उपस्थिति झनै सशक्त बनाएको जनाएको छ। याङवाङ चीनको पहिलो १० हजार युनिट बिक्री पार गर्ने अल्ट्रा-लक्जरी इभी ब्रान्ड पनि हो।

सन् २०२५ को पहिलो छ महिनामा बीवाईडीले बिक्री उल्लेख्य रूपमा बढेको छ। जनवरीदेखि जुनसम्म कम्पनीले २१ लाख १३ हजार युनिट घरेलु बजारमा बिक्री गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१.५ प्रतिशत वृद्धि हो।

अन्तर्राष्ट्रिय बजारमा अझ चित्ताकर्षक नतिजा देखिँदा १२८.५ प्रतिशतको वृद्धि हुँदै ४ लाख ७२ हजार युनिट बिक्री भएको कम्पनीले जनाएको छ।
 

साउन ६, २०८२ मंगलबार १३:०४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।