भारतको बेङ्लुरुमा सुरू भयो २० नेपाली खेलाडीको प्रशिक्षण शिविर

भारतको बेङ्लुरुमा सुरू भयो २० नेपाली खेलाडीको प्रशिक्षण शिविर

काठमाडौं : आइसीसी ट्वान्टी-२० विश्वकप छनोटको दोस्रो चरणको बन्द प्रशिक्षण शिविरका लागि नेपाली टोलीले भारतमा अभ्यास सुरू गरेको छ। 

सोमबार देखि सुरू भएको अभ्यास अगष्ट ३ तारिखसम्म भारतको बेङ्लुरुस्थित नेसनल क्रिकेट एकेडेमीमा हुनेछ। प्रशिक्षण शिविरमा २० खेलाडी सहभागी रहेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।

उक्त शिविरका लागि नेपालस्थित भारतीय दूतावासले समन्वय र भारतीय क्रिकेट बोर्ड (बिसिसीआइ) ले सहयोग गरेको हो। शिविरमा सहभागी भएका खेलाडीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, अनिलकुमार साह, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, रुपेशकुमार सिंह र विवेककुमार यादव छन्।

त्यसैगरी रिजन ढकाल, प्रतिश जिसी, नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दिप जोरा, सागर ढकाल, आकाश चन्द र शुभ कंसाकार छन्। 

तस्विर : क्यान

साउन ६, २०८२ मंगलबार ११:४८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।