नारायणी नदीमा डुबेर बेपत्ता भएका किशोरको शव २५ फिट गहिराइबाट निकालियो

चितवन : चितवनको भरतपुर महानगरपालिका-१६ सरनपुरस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका एक किशोरको शव फेला परेको छ।
भरतपुर महानगरपालिका-१५ सूर्यनगर निवासी १५ वर्षीय मेनसन पुन मगर सोमबार दिउँसो नारायणी नदी किनारमा जमेको पानीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका थिए।
घटनाको जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट खटिएको गोताखोर टोलीले करिब २५ फिट गहिराइबाट उनको शव फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ।
साउन ६, २०८२ मंगलबार १०:३३:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।