ट्रायम्फ नेपालले सम्पन्न गर्यो ‘लिगेसी राइडः सौराहा एडिसन’

ट्रायम्फ नेपालले सम्पन्न गर्यो ‘लिगेसी राइडः सौराहा एडिसन’

काठमाडौं : ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले ‘लिगेसी राइड- सौराहा एडिसन’ सफलतापूर्वक सम्पन्न गरेको छ।

साउन २ र ३ गते आयोजित यो दुई दिने मोटरसाइकल रयालीमा देशभरबाट आएका ३५ जना ट्रायम्फ राइडरहरू सहभागी भएका थिए।

पोखराको नयाँबजारस्थित ट्रायम्फ शोरूमबाट सुरु भएको यात्राले डाँडाकाँडा पार गर्दै करिब १६० किलोमिटरको रमणीय बाटो हुँदै चितवनको सौराहासम्मको यात्रा तय गर्यो। यात्राको क्रममा ट्रायम्फ राइडरहरूले तराईका समथर भूभागमा सुसज्जित मोटरसाइकलको सवारीसँगै प्रकृति र संस्कृतिको मज्जन लिएका थिए।

सौराहामा उनीहरूले थारु समुदायको सांस्कृतिक कार्यक्रम, बोनफायर, र स्थानीय परिकारको स्वाद लिँदै यात्रा अझै अविस्मरणीय बनाएका थिए। त्यसैगरी चितवन राष्ट्रिय निकुञ्जको जंगल सफारीमा सहभागी भएर राइडरहरूले एकसिंगे गैँडा लगायत विभिन्न वन्यजन्तुहरूको अवलोकनसमेत गरेका थिए।

ट्रायम्फ नेपालका प्रबन्धक सागर थापाले भने, ‘यो राइडले देशभरिका ट्रायम्फ राइडरहरूलाई एउटै यात्रामा जोड्यो। उनीहरूले नेपालको अनुपम प्रकृति र सांस्कृतिक विविधता नजिकबाट अनुभव गर्न पाए।’ 

थापाका अनुसार ट्रायम्फ नेपालले आगामी दिनहरूमा यस्तै राइडहरू थप गर्ने योजना बनाएको छ, जसले आन्तरिक पर्यटन प्रवर्द्धनसँगै मोटरसाइकल संस्कृतिको विकासमा समेत टेवा पुर्याउनेछ।

साउन ६, २०८२ मंगलबार १०:१९:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।