आजको मौसम : बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै, मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदरभन्दा केही दक्षिणतर्फ अवस्थित रहेको जानकारी दिएको छ।

जसका कारण हाल मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । बागमती, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भने हल्का देखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार, आज दिउँसो देशभरको मौसम साधरणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।

आज राति भने देशभर मौसम बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेश प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 साथै, कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ भने देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा वर्षासहित हिमपातको सम्भावना रहेको छ।

साउन ६, २०८२ मंगलबार ०७:१८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।