यु २० साफ च्याम्पियन सिपको उपाधि ५ ‌औ पटक पनि बंगलादेशलाई

यु २० साफ च्याम्पियन सिपको उपाधि ५ ‌औ पटक पनि बंगलादेशलाई

काठमाडाैँ : महिला यु २० साफ च्याम्पियनसिप प्रतियोगितामा नेपाल बंगलादेशसँग ४-० ले पराजित भयो।  सोमबार बंगलादेशको राजधानी ढाकामा रहेको वसुन्धरा किंग्स अरिया रंगशालामा भएको खेलमा बंगलादेशले उपाधि जोगाउन सफल भयो।

८ ‌औ मिनेटमा बंगलादेशी फरवार्ड सागोरिकाले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्। पहिलो हाफसम्म १-० को अग्रता लिएको बंगलादेशले दोस्रो हाफमा भने थप ३ गोल थप्यो। ५१,५८ ‌औ मिनेटमा सागोरिकाले पुन दोस्रो र तेस्रो गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरिन्।

तीन खेलको प्रतिबन्ध पछि मैदानमा उत्रिएकी सागोरिकालाई नेपालले रोक्न नसक्दा खेल अवधिभर उनी नै हाबी भइन्। उनी सिनियर टोलीकी सदस्य समेत हुन्।

खेलको ७७ ‌औ मिनेटमा सागोरिकाले गोल गरेपछि खेल बंगलादेशको पकडमा गयो। राउन्ड रोबिनको आधारमा भएको यो प्रतियोगितामा पहिलो चरणमा समेत नेपालले बंगलादेशसँग हार ब्यहोरेको थियो।

डबल राउन्ड रोबिनको आधारमा भएको खेलमा बंगलादेशले ६ खेल खेल्दा १८ अंक जोडेको थियो भने नेपालले १२ अंक जोडेको थियो। भुटानले ६ अंक जोडेको थियो। ४ टिम सम्मिलित प्रतियोगितामा श्रीलङ्का भने जितहिन भएको थियो।

यो जितसँगै बंगलादेशले यु २० साफ महिला च्याम्पियन सिपको उपाधि ५ पटक आफ्नो पोल्टामा पार्न सफल भएको छ।

साउन ६, २०८२ मंगलबार ००:१६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।