सेयर बजारका नयाँ लगानीकर्ता 'फसाउन' माहिर कारोबारी अग्रवाल पक्राउ, २२ करोड ठगीको आरोप

काठमाडौं : सामाजिक सञ्जालमार्फत सेयर बजारमा प्रभाव पार्दै मूल्य बढाउने चलखेलमा संलग्न देखिएका सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ ठगी र विश्वासघातको आरोपमा पक्राउ परे। उनलाई सोमबार काठमाडौं प्रहरी परिसरले टोखाबाट पक्राउ गर्यो। प्रहरीका अनुसार उनीमाथि २२ करोड ठगीको आरोप छ।
सेयर बजारका नयाँ प्रवेशीहरुले आदर्श मान्ने गरेका अग्रवालले विशेष गरी टिकटक लगायतका सामाजिक सञ्जालमार्फत सेयर बजारमा कुन सेयरको मूल्य बढ्ने र कसको घट्ने भन्ने प्रचार गराउन संलग्न देखिएका थिए। उनले आफूले किनेको सेयरको मूल्य बढाउन लगानीकर्ताहरूलाई प्रभावमा पारेर सेयरको मूल्य बढाउने र आफ्नो बेचेर बजारबाट निस्कने गरेका थिए।
नेपाल धितोपत्र बोर्डले उनीबारे गरेको अनुसन्धानमा अग्रवालले १५ वटा कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) खाता चलाएर ती खातामार्फत आफैँ खरिद गर्ने र आफैँले बिक्री गरी सेयरको कृत्रिम मूल्य बढाउने गरेको अनलाइनखबरले प्रमाणसहित समाचार प्रकाशित गरेको थियो।
अनुसन्धानमा व्यक्तिका कारोबार खाता आफैँ चलाउने र धितोपत्र ब्रोकरसँग लिनुपर्ने पैसा असुल गरे पनि तिर्नुपर्ने पैसा नतिर्ने देखिएको थियो।
दीपेन्द्रको घोटालाको मुख्य विधि
फर्जी खाताहरूको प्रयोग
-१५ जना व्यक्तिको नामबाट आफैं सेयर खरिद-बिक्री गर्ने
-आफ्ना परिवारका सदस्य (ज्योति अग्रवाल, जयप्रकाश, सविता अग्रवाल) र अन्यको नामको प्रयोग
-स्मार्ट डोर्स लिमिटेडमा आफू सञ्चालक भएर त्यसबाटै सेयर कारोबार
मार्केट म्यानिपुलेशन तरिका
-सानो पूँजी भएका कम्पनीको सेयर कर्नरिङ (एकाधिकार)
-फर्जी खाताहरूबीच म्याचिङ गरेर सेयर मूल्य बढाउने
-सामाजिक सञ्जालमा हल्ला फैलाएर मूल्य बढाउने
-मूल्य बढेपछि सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्ने
आर्थिक लेनदेन
पैसा ट्रान्स्फरको तरिका
-सबै फर्जी खाताबाट पैसा आफ्नो खातामा ट्रान्स्फर गर्ने
-पिताको खाताबाट सविता अग्रवालको खातामा पठाउने र त्यहाँबाट आफ्नोमा ल्याउने
-सेयर भुक्तानीका लागि पिताको खाताको रकम प्रयोग गर्ने
मुख्य प्रभावित कम्पनीहरू:
-नेपाल फाइनान्स: ४८७ देखि २,६१४ सम्म (हाल ६०८)
-कर्पोरेट डेभलपमेन्ट बैंक: ४६२ देखि २,८४२ सम्म (हाल २,१०९)
-सिन्धु विकास बैंक: ३६८ देखि १,४८२ सम्म (हाल ७९६)
-कर्णाली डेभलपमेन्ट बैंक: ३२० देखि ८७० सम्म
-ग्रीन डेभलपमेन्ट बैंक: ४१७ देखि २,००१ सम्म (हाल १,०५५)
कानुनी र नैतिक मुद्दा
गैरकानुनी गतिविधिहरू
-धितोपत्र ऐनअनुसार दण्डनीय अपराध
-धितोपत्र बोर्ड र प्रहरीद्वारा अनुसन्धान भइरहेको
-बजार विरोधी गतिविधि
ब्रोकरहरूसँगको विवाद
-तीन ब्रोकर कम्पनीसँग सम्बन्ध बिगारेको
-लिनुपर्ने पैसा लिने तर तिर्नुपर्ने पैसा नतिर्ने
-केही ब्रोकरले कारोबार गर्न इन्कार गर्दै आएका
सिस्टमको कमजोरीको दुरुपयोग
नेप्से प्रणालीको कमजोरी
-एक व्यक्तिले २ वटासम्म निक्षेप खाता खोल्न सक्ने
-२ वटासम्म टीएमएस लिन सक्ने प्रावधानको दुरुपयोग
-एक ब्रोकरबाट किनेर अर्कोमा सेयर राख्ने
सामाजिक सञ्जालको दुरुपयोग
-क्लब हाउस र फेसबुकमा हल्ला फैलाउने
-प्रहरीद्वारा यसको पुष्टि भइसकेको
परिणाम
लगानीकर्तामाथि प्रभाव
-धेरै लगानीकर्ताले ठूलो रकम गुमाएको
-सर्वसाधारण लगानीकर्ता फसेको
बजारमाथि प्रभाव
-बजारको विश्वसनीयतामा असर
-अस्वाभाविक मूल्य उतारचढाव
-समस्याग्रस्त बैंकहरूको सेयर कारोबार बन्द
साउन ५, २०८२ सोमबार १६:०७:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।