गृहले निकाल्यो ११ एसपीको एसएसपीमा बढुवा सिफारिस

गृहले निकाल्यो ११ एसपीको एसएसपीमा बढुवा सिफारिस

काठमाडौं : नेपाल प्रहरीमा रिक्त रहेको ११ एसएसपी पदमा बढुवाका लागि एसपीहरूको सिफारिस सूची सार्वजनिक भएको छ।  गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले ११ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिसको निर्णय गरेको हो। यस अगाडिको बढुवामा छुटेका केही एसपीहरू सोमबारको बढुवा निर्णयमा परेका छन्।

मंगलबार सार्वजनिक सूचीमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत तुलबहादुर कार्की, नेपाल प्रहरी प्रदेश कार्यालय कोशीमा कार्यरत राकेश सिंह, कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतमा कार्यरत राजीव बहादुर बस्नेत, नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत कमल थापा, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रवीण धिताल र नेपाल प्रहरी प्रधान कार्यालय प्रबन्ध शाखामा कार्यरत प्रकाश रानाभाट बढुवाको सिफारिसमा परेका छन्।

यस्तै नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्सालमा कार्यरत ज्ञानेन्द्र प्रसाद फुयाँल, काेशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत दीपक पोखरेल, नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल काठमाडौँमा कार्यरत दयानिधि ज्ञवाली, जिल्ला प्रहरी कार्यालय धादिङमा कार्यरत दीपेन्द्र शाही र जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत केदार खनाल समेत बढुवा सूचीमा परेका छन्।

साउन ५, २०८२ सोमबार १५:३३:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।