नुहाउने क्रममा तीन बालकलाई सप्तकोशीले बगायो, दुई जनाको सकुशल उद्दार, एक बेपत्ता

Filephoto
सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका-९ राजाबासस्थित सप्तकोशी नदीमा आज एक जना बेपत्ता भएका छन्।
भोक्रहा नरसिंह गाउँपालिका-१ का रामविलास मेहताका ११ वर्षीय छोरा दीपेश नदीमा बेपत्ता भएको सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए।
तीन जना सँगै नुहाउन गएकामा दुई जना सकुशल बाहिर आएको र दीपेश बेपत्ता भएको उनले बताए। बेपत्ता दिपेशको नेपाल र सशस्त्र प्रहरीले खोजी गरिरहेको उनले जानकारी दिए।
साउन ५, २०८२ सोमबार १३:३६:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।