गए रातिदेखि हराएकी तिलमाया टुसालचौरमा मृत भेटिइन्

काठमाडौं: काठमाडौंको तारकेश्वर नगरपालिका-८ स्थित पिपलडाँडा टुसालचौर खेल मैदानमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले टुसालचौर खेल मैदानको बारमा झुण्डिएको अवस्थामा धादिङ ज्वालामुखी गाउँपालिका-३ घर भई हाल तारकेश्वर-४ शेषमति बस्ने २६ वर्षीय तिलमाया तामाङ मृत फेला परेको जानकारी दिए।
तिलमाया गए रातिदेखि हराएको उनकी दिदी केशरीमाया पुलामीले जानकारी दिइन्।
साउन ५, २०८२ सोमबार ११:१८:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।