म्यान्नी र मारियोबीचको बहुप्रतिक्षित लडाइँ बराबरीमा सकियो

म्यान्नी र मारियोबीचको बहुप्रतिक्षित लडाइँ बराबरीमा सकियो

काठमाडौं : विश्व प्रसिद्ध बक्सर म्यान्नी प्याक्वियाओ र मारियो बार्रियोसबीच शनिबार लास भेगासमा भएको ‘वेल्टरवेट उपाधि’ भिडन्त बराबरीमा सकिएको छ। 

एमजीएम ग्र्यान्ड गार्डेन एरेनामा आयोजित यो बहुप्रतिक्षित भिडन्तले विश्वभरका बक्सिङप्रेमीको ध्यान खिचेको थियो।

४६ वर्षीय प्याक्वियाओले आक्रामक रणनीतिका साथ बार्रियोसमाथि दबाब सिर्जना गरे। विशेषगरी मध्य राउन्डहरूमा उनले बारम्बार प्रहार गरे। तर निर्णायकहरूले दुई-दुई राउन्ड बराबरी देखाउँदै ड्र भएको घोषणा गरे, जसका कारण बार्रियोसले आफ्नो विश्व उपाधि जोगाउन सफल भए।

यो प्रतिस्पर्धा अपेक्षा गरिएको जस्तै रोमाञ्चक भएको थियो। खेल नतिजा विहीन भएपछि प्याक्वियाओले पुनः भिड्ने संकेत दिएका छन्। बार्रियोसले पनि प्याक्वियाओको प्रशंसा गर्दै फेरि रिङमा उत्रिन तयार रहेको प्रतिक्रिया दिएका छन्।

साउन ५, २०८२ सोमबार ११:०७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।