जब बालबालिकाहरू सैनिक पोशाकमा हतियारसहित सडकमा उत्रिए...

काठमाडौं : कोलम्बियाले आइतबार राष्ट्रिय स्वतन्त्रता दिवस भव्य सैन्य परेडसहित मनाएको छ। राजधानी बोगोटामा आयोजित परेडमा सैनिकहरू मार्च गर्दै प्रस्तुत भएका थिए भने विशेष आकर्षणको रूपमा बालबालिकाहरू पनि सैनिक पोशाकमा सजिएर मार्च पासमा सहभागी भए।
जुलाई २० को दिन कोलम्बियाले सन् १८१० मा स्पेनी शासनविरुद्ध स्वतन्त्रता घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा मनाउने गर्दछ। यस अवसरमा हरेक वर्ष झैँ यो वर्ष पनि सैनिक परेड, राष्ट्रिय झण्डा फहराउने कार्यक्रम, सांस्कृतिक प्रस्तुति र श्रद्धाञ्जली अर्पण गरियो।
फर्नान्डो भेर्गाराले एपी (एसोसिएटेड प्रेस)का लागि खिचेका तस्बिरमा सैनिक अनुशासनमा अगाडि बढिरहेका सुरक्षाकर्मीहरू र उनीहरूकै जस्तै पोशाकमा सजिएर सहभागी हुँदै गरेका बालबालिकाहरू देख्न सकिन्छ। परेडमा बालबालिकाको उपस्थिति दर्शकका लागि विशेष चासो र उत्साहको विषय बन्यो।
साउन ५, २०८२ सोमबार १०:४१:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।