जबरजस्ती करणीको आरोपमा मधेश प्रदेशका पूर्व प्रमुख झा पक्राउ

जबरजस्ती करणीको आरोपमा मधेश प्रदेशका पूर्व प्रमुख झा पक्राउ

जनकपुर : मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) जबरजस्ती करणीको गरेको आरोपमा पक्राउ परेका छन्।

काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको थियो। सो अनुमतिका आधारमा पूर्वप्रदेश प्रमुख झालाई पक्राउ गरि ५ दिन म्याद थप गरिएको छ।

चैत २५ गते उनीविरुद्ध जिल्ला अदालतबाट पुर्जी जारी भएको थियो। पूर्वप्रदेश प्रमुख झा २०७७ फागुन ७ गते मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए। फौजदारी कसुरमा काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको थियो।

युवतीका अनुसार सो घटना २०८१ जेठ ४ गते भएको थियो। पूर्वप्रदेश प्रमुख झाले कोठामा कोही नभएको बेलामा पटकपटक करणी गरेको आरोप छ। उक्त घटनापछि पनि कसैलाई बताएपछि मार्ने समेतको धम्की दिएको पीडित युवतीको भनाइ छ। पीडित युवतीले जाहेरी दर्ता गर्न खोजे पनि प्रहरीले लामो समयसम्म आलटाल गर्दै आएका थिए।

साउन ५, २०८२ सोमबार ०८:२१:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।