पार्टी सदस्यताबारे छलफल गर्न भण्डारी पुगिन् च्यासल, ओली पनि च्यासलमै

काठमाडौं : पार्टी सदस्यताबारे पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न विद्यादेवी भण्डारी एमाले पार्टी कार्यालय च्यासल पुगेकी छिन्। पार्टीको सचिवालय र पोलिटब्युरो बैठकले उनको सदस्यता स्वीकृत नगरेपछि उनी पार्टी अध्यक्ष ओलीसँग छलफलका लागि च्यासल गएकी हुन्।
शनिवार सम्पन्न पोलिटब्युरो बैठकमा ओलीले यसबारे पूर्वराष्ट्रपतीसमेत रहेकी भण्डारीसँग छलफल गर्ने बताएका थिए। उनी भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने पक्षमा छन्।
भण्डारी राष्ट्रपति रहेसम्म निकै नजिक रहेका ओलीसँग उनी पार्टी राजनीतिमा सक्रिय हुने घोषणा गरेसँगै दुरी बढेको छ। राष्ट्रपति जस्तो उच्च ओहदामा पुगेको ब्यक्ती सक्रिय राजनीतिमा फर्कँदा गलत सन्देश जाने भन्दै ओली भण्डारीलाई पार्टी राजनीतिमा रोक्ने पक्षमा छन्।
साउन ४, २०८२ आइतबार १५:५८:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।