प्रधानमन्त्री ओली भदौ ३१ मा भारत जाने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली भदौको अन्तिम साता भारत भ्रमणमा जाने भएका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा ओली भदौ ३१ गते भारत जाने तय भएको हो।
प्रधानमन्त्री बनेको एक वर्षपछि मात्रै भारतले ओलीलाई बोलाएका हो। ओली प्रधानमन्त्री बनेयता दुई मुलुकका प्रधानमन्त्रीबीच न्यूयोर्क र बैंककमा साइडलाइनमा भेटवार्ता भए पनि अहिलेसम्म दुवैले एक-अर्काको देशको औपचारिक भ्रमण गरेका छैनन्।
प्रधानमन्त्री ओलीको भ्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नोभेम्बरमा नेपाल भ्रमण गर्ने बताइएको छ।
साउन ४, २०८२ आइतबार १४:००:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।