प्रधानन्यायाधीश राउतले बोलाए न्याय परिषद्को बैठक

काठमााडौं : न्याय परिषद्को बैठक आइतबार बस्दै छ।
आइतबार साँझ ५ बजे बस्नेगरी प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बैठक बोलाएका हुन्।
विदेश भ्रमणमा रहेका न्याय परिषद् सदस्य दामोदर खड्काको सहमति लिएर प्रधानन्यायाधीश राउतले केही निर्णय गर्न बैठक बोलाएका बताइएको छ।
प्रधानन्यायाधीश राउतले असार महिनाभित्रै ठूलो संख्यामा न्यायाधीश सरुवा गर्ने र उच्च अदालतमा केहीको नियुक्ति पनि गर्ने प्रयास गरेका थिए।
तर, सदस्यबीच कुरा नमिलेपछि बसेका बैठकहरू निष्कर्ष विहीन भएका थिए।
साउन ४, २०८२ आइतबार १०:१४:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।