भियतनाममा डुङ्गा पल्टिँदा ३४ जनाको ज्यान गयो, ११ जनाको जीवितै उद्धार

काठमाडौं : भियतनामको उत्तरी क्षेत्रस्थित हाल लङ खाडीमा पर्यटक बोकेको डुङ्गा पल्टिँदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ। खराब मौसम र आँधीबेहरीका कारण भएको दुर्घटनामा अन्य ११ जनालाई भने जीवितै उद्धार गरिएको अधिकारीहरूले जनाएका छन्।
डुङ्गामा ५३ जना सवार थिए। उनीहरूमध्ये धेरैजसो राजधानी हनोइबाट घुम्न गएका पर्यटक थिए। तीव्र हुरी र खराब मौसमका कारण डुङ्गा एकाएक पल्टिएको बताइएको छ।
उद्धार कार्यमा खटिएको टोलीले अहिलेसम्म आठ बालबालिकासहित ३४ जनाको शव फेला पारेको छ। जीवितै उद्धार गरिएकामध्ये एक जना १० वर्षीय बालकसमेत छन्। ती बालकले ठूलो स्वरले कराएपछि उद्धारकर्ताले उनलाई पानीबाट सुरक्षित निकाल्न सफल भएका थिए।
दुर्घटनास्थलमा अहिले पनि खोजी तथा उद्धार कार्य जारी रहेको भियतनामी अधिकारीहरूले जनाएका छन्।
साउन ४, २०८२ आइतबार ०९:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।