एमाले पोलिटब्युरोको बैठकबाट उमेर हद र दुई कार्यकाल हटाउने प्रस्ताव पारित

काठमाडौं : ७० वर्षीय उमेर हद र दुई पटक मात्र नेतृत्व गर्न पाउने प्रावधान हटाउने संशोधित प्रस्तावतसहितको विधान संशोधन प्रस्ताव एमालेको पोलिटब्युरो बैठकबाट पास भएको छ। शुक्रवारदेखि जारी रहेको बैठकले उपाध्यक्ष विष्णु पौडेलले सचिवालयमा पेस गरेर त्यहाँबाट संशोधन भएर आएको विधान संशोधन प्रस्ताव पारित गरेको हो।
पोलिटब्युरो बैठकले ७० वर्षको उमेर हद नरहने र दुई कार्यकाल मात्रै पार्टीको नेतृत्व गर्ने पाउने दुवै व्यवस्था हटाउने प्रस्तावसहितको संशोधन प्रस्ताव पास भएको हो। यसैगरि बैठकले पार्टीको पदाधिकारीको संख्या घटाएर १५ जना मात्र राख्ने र वरिष्ठ उपाध्यक्ष पद हटाउने प्रस्ताव समेत पारित गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
साउन ३, २०८२ शनिबार २०:१३:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।