सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको संख्या बढ्दै, २३ लाख ८३ हजार योगदानकर्ता जोडिए

काठमाडौं : योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको संख्या बढ्दै गएको छ। पछिल्लो समय कोषमा आबद्ध हुनेको संख्या बढ्दै गएको कोषको तथ्यांकले देखाएको छ।
२०८२ साउन ३ गते सम्म कोषमा आबद्ध हुने योगदानकर्ताको सङ्ख्या २३ लाख ८३ हजार ८५६ पुगेको छ। ती योगदानकर्ताले हाल सम्म कोषमा ८६ अर्ब ७६ करोड ९३ लाख २४ हजार ६३५ रुपैयाँ योगदान गरेका छन्। कोषमा हाल सम्म २० हजार ९८७ रोजगार संलग्न भएका छन्।
गत असार सम्म कोषमा कुल २३ लाख १४ हजार ९६ जना श्रमिक जोडिएका थिए। एक महिनाको अवधिमा कोषमा ६९ हजार ७६० जना श्रमिक आबद्ध भएका हुन्।
कोषले दिने गरेको औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सम्बन्धी उपचार सेवामा हाल सम्म २ अर्ब १५ करोड ८७ लाख ७३ हजार ५०२ रुपैयाँ दाबि गरिएको छ। त्यसैगरी, कोषबाट हाल सम्म २० करोड ८६ लाख ४५ हजार २५ रुपैयाँ बराबर रकम दुर्घटना तथा अशक्तता सुरक्षाकालागि दाबि गरिएको छ।
निजी क्षेत्रमा काम गर्ने कामदारहरूलाई पेन्सन तथा बीमा जस्ता सुरक्षाका विषय नभएकाले त्यसलाई व्यवस्थापन गर्नको लागि र श्रम ऐनले श्रमिकका लागि तोकेका सुविधा व्यवस्थापन गर्न सरकारले २०७६ चैत देखि सामाजिक सुरक्षा कोष स्थापना गरेको हो।
साउन ३, २०८२ शनिबार १५:३३:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।