शाओमीले नेपाली बजारमा ल्यायो चार नयाँ पावर बैंक, यस्तो छ मूल्य र विशेषता

काठमाडौं : ग्लोबल टेक्नोलोजी कम्पनी शाओमीले नेपाली बजारमा विभिन्न विशेषता र मूल्य दायरा भएका नयाँ पावर बैंकहरू सार्वजनिक गरेको छ।
दैनिक जीवनमा मोबाइल, ट्याब्लेट र अन्य ग्याजेटहरूको बढ्दो प्रयोगसँगै ब्याट्रीको समस्या समाधान गर्न यी पावर बैंकहरू उपयोगी हुने कम्पनीले जनाएको छ। शाओमीले रु. ३,४९९ देखि रु. ४,९९९ सम्मका विभिन्न मोडलहरू बजारमा ल्याएको हो, जुन फरक-फरक प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएका छन्।
विद्यार्थी तथा व्यावसायिक व्यक्तिहरूका लागि लक्षित शाओमी पावर बैंक (१०,००० एमएएच) रु. ३,४९९ मा उपलब्ध छ। यसमा २२.५ वाटको फास्ट चार्जिङ सुविधा छ र एकैपटक तीनवटा डिभाइस चार्ज गर्न सकिन्छ।
यूएसबी-सी र यूएसबी-ए दुवै पोर्ट भएको यो पावर बैंकले 'टु-वे चार्जिङ' पनि सपोर्ट गर्छ, जसले पावर बैंक चार्ज भइरहेकै बेला अन्य डिभाइस चार्ज गर्न अनुमति दिन्छ। यो क्लासिक ब्ल्याक, ओलिभ ग्रीन र कोरल पर्पल रंगमा उपलब्ध छ।
यस्तै, छुट्टै केबल बोक्न नचाहनेहरूका लागि शाओमी पकेट पावर बैंक (१०,००० एमएएच) पनि ल्याइएको छ, जसमा बिल्ट-इन केबल रहेको छ। २२.५ वाट फास्ट चार्जिङ क्षमताको यो मोडल मरुन र निलो रंगमा रु. ४,२९९ मा खरिद गर्न सकिन्छ।
लामो यात्रा गर्ने वा धेरै डिभाइस प्रयोग गर्नेहरूका लागि शाओमीले उच्च क्षमताका पावर बैंक पनि उपलब्ध गराएको छ। रेड्मी पावर बैंक (२०,००० एमएएच) मा अत्यधिक ताप र सर्ट सर्किटबाट बचाउन १२-लेयर सर्किट प्रोटेक्सन जडान गरिएको छ। सुरक्षित लिथियम पोलिमर ब्याट्रीयुक्त यो मोडल कालो र सेतो रंगमा रु. ४,४९९ मा पाइन्छ।
अझ शक्तिशाली चार्जिङ चाहिनेहरूका लागि शाओमी पावर बैंक (२०,००० एमएएच, ३३ वाट) उत्कृष्ट विकल्प हुन सक्छ। ३३ वाटको सोनिक फास्ट चार्जिङ क्षमता भएको यसमा स्मार्टवाच जस्ता साना ग्याजेटका लागि 'लो-पावर मोड' पनि उपलब्ध छ। जेट ब्ल्याक, नाइट्रो ग्रीन र टर्बो ब्लू रंगमा उपलब्ध यो पावर बैंकको मूल्य रु. ४,९९९ तोकिएको छ।
कम्पनीका अनुसार यी सबै पावर बैंकहरू नेपाली बजारमा सर्वत्र उपलब्ध छन् र यिनले ग्राहकहरूको दैनिक जीवनलाई सहज बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
साउन ३, २०८२ शनिबार ०८:४०:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।