भ्रामक समाचार प्रकाशित गरेको भन्दै ट्रम्पद्वारा वाल स्ट्रिट जर्नलविरुद्ध मुद्दा, १० अर्ब डलर क्षतिपूर्ति माग

एजेन्सी : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले प्रसिद्ध पत्रिका 'वाल स्ट्रिट जर्नल', यसका मालिक रुपर्ट मर्डोक र दुई पत्रकारविरुद्ध मुद्दा दायर गरेका छन्।
उनले भ्रामक समाचार प्रकाशित गरी आफ्नो प्रतिष्ठामा आँच पुऱ्याएको भन्दै १० अर्ब डलर क्षतिपूर्ति माग गरेका छन्।
मुद्दामा पत्रिकाका पत्रकार खादिजा सफदर र जोसेफ पलाजोलोले 'सन् २००३ मा ट्रम्पले जेफ्री एपस्टाइनलाई उनको ५० औं जन्मदिनमा पत्र लेखेर हस्ताक्षर गरेको' भनी झुटो तथ्य बनाएको आरोप लगाइएको छ। ट्रम्पले भने उक्त दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्।
ट्रम्पका वकिल अलेजान्ड्रो ब्रिटोले दायर गरेको मुद्दामा पत्रिकाले जानाजानी र द्वेषपूर्ण रूपमा उक्त समाचार प्रकाशित गरेको दाबी गरिएको छ।
वकिलहरूले समाचार प्रकाशन हुनुअघि नै वाल स्ट्रिट जर्नललाई रिपोर्ट गलत भएको र छाप्न नहुने भनी चेतावनी दिएको पनि मुद्दामा उल्लेख छ।
मुद्दामा भनिएको छ, ‘उक्त लेखमा सत्यता नभए पनि यो लाखौं मानिससम्म पुगेको छ, जसका कारण राष्ट्रपति ट्रम्पको प्रतिष्ठामा निरन्तर आर्थिक क्षति भइरहेको छ।’
उक्त मुद्दामाथि सुनुवाइका लागि ‘जुरी ट्रायल’को माग गरिएको छ।
साउन ३, २०८२ शनिबार ०७:२२:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।