एनआईसी एसिया बैंक र ओम हस्पिटलबीच स्वास्थ्य उपचारमा सहकार्य, डिजिटल भुक्तानी गरे १० प्रतिशत छुट

एनआईसी एसिया बैंक र ओम हस्पिटलबीच स्वास्थ्य उपचारमा सहकार्य, डिजिटल भुक्तानी गरे १० प्रतिशत छुट

काठमाडौं : अब ओम हस्पिटलमा उपचार गर्दा डिजिटल भुक्तानी गरेमा १० प्रतिशत छुट पाइने भएको छ। एनआईसी एसिया बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच भएको सहकार्यपछि यो सुविधा उपलब्ध हुने भएको हो।

सम्झौता अनुसार एनआईसी एसिया बैंकका ग्राहकले ओम हस्पिटलमा उपचार गर्दा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मो बैंक एप प्रयोग गरी भुक्तानी गरे छुट पाउनेछन्।

सम्झौतापत्रमा एनआईसी एसिया बैंकका डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले हस्ताक्षर गरेका हुन्।

बैंकका अनुसार यो सहकार्यले तिमी जस्ता ग्राहकलाई उपचार खर्चमा केही राहत त दिनेछ नै, डिजिटल भुक्तानी प्रणालीलाई समेत प्रवर्द्धन गर्नेछ। एनआईसी एसियाले यसअघि पनि देशभरका स्वास्थ्य संस्थासँग डिजिटल सेवा विस्तार गर्दै आएको छ।

साउन २, २०८२ शुक्रबार २०:२६:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।