ठगी र मनी लाउन्डरिङ्ग बढेको भन्दै दूरसञ्चार प्राधिकरणले टेलिग्राममाथि लगायो प्रतिबन्ध

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा टेलिग्राम एप बन्द गराएको छ।
शुक्रबार एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राममार्फत अनलाइन ठगी भएको कारण नेपालमा टेलिग्राम बन्द गराएको हो।
प्राधिकरणले टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई निर्देशन पनि दिएको छ।
अनलाइन ठगी र मनी लाउण्डरिङ्गको लागि टेलिग्राम एपको प्रयोग भएको प्राधिकरणको भनाइ छ।
साउन २, २०८२ शुक्रबार १९:४९:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।