बिहीबारदेखि बेपत्ता सालासुङ्गी हाइड्रोपावरका मजदुर मृत भेटिए

रसुवा : उत्तरी रसुवास्थित आमाछोदिङ्मो गापा-५ को सालासुङ्गी हाइड्रोपावरमा काम गर्ने एक मजदुर मृत फेला परेका छन्।
आमा छोदिङ्मो गापा-५ ब्राजमका ४७ वर्षीय सुनाम दोर्जे तामाङ गत बिहीबारदेखि बेपत्ता थिए। उनी आज पुरानो तातोपानी सडकबाट करिब चार सय मिटर तल मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हेमबहादुर शाहीले बताए।
लडेर मृत्यु भनिए पनि कारणबारे थप अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ। आफ्नो कामदार हराउँदा समेत खोजीमा सालासुङ्गी हाइड्रोपावरले चासो नदिएको मृतकका आफन्तजनको आरोप छ।
साउन २, २०८२ शुक्रबार १८:२५:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।