आधुनिक बैंकक सहरको बीचमा उभिएको बुद्धको यो विशाल मूर्ति

काठमाडौं : थाइल्याण्डको राजधानी बैंककस्थित प्रसिद्ध बौद्ध मन्दिर परिसर ‘वाट पक्नाम फासी चारोएन ’मा एक विशाल बुद्धको मूर्ति छ।
शुक्रबार लिइएको यो उत्कृष्ट एरिएल फोटोमा बुद्धको सुनौलो अनुहार शहरमाथि शान्त भावमा हेर्दै गरेको देखिन्छ।
करीब ६९ मिटर अग्लो यो मूर्ति थाइल्याण्डकै सबैभन्दा अग्लो बुद्ध प्रतिमामध्ये एक हो। राजधानीको शहरी भीडभाड र गगनचुम्बी भवनबीच उभिएको यो प्रतिमाले शान्तिको सन्देश दिने थाइहरूको विश्वास छ।
यो तस्बिर एएफपीका लागि फोटो पत्रकार वाट्सामोन त्री-यासाकदाले खिचेकी हुन्। मूर्तिको पृष्ठभूमिमा फैलिएको बैंककको आधुनिक सहर र अग्ला भवनहरूले बौद्ध धर्म र आधुनिक विकासबीचको सम्बन्धलाई देखाएको छ।
साउन २, २०८२ शुक्रबार १८:०४:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।